Logo

३ मंसिर, काठमाडौं । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि एकपटक गम्भीर समस्या देखिएको छ ।

काठमाडौँ महानगरपालिकासहित उपत्यकाका पालिकाहरूले दैनिक फोहोर विसर्जन गर्दै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा स्थानीय बासिन्दाले अवरोध सिर्जना गरेपछि फोहोर विसर्जन कार्य पूर्ण रूपमा रोकिएको छ । स्थानीयको अवरोधका कारण काठमाडौँबाट फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका करिब २५० टिप गाडी बीच बाटोमै रोकिएका छन् । फोहोरमैला व्यवस्थापन संघ नेपालका महासचिव मित्र घिमिरेले रातोपाटीलाई जानकारी दिएअनुसार स्थानीयले सवारी चालकहरूलाई फोहोर लिएर नआउन भनेपछि गाडीहरू रोकिएका हुन् ।

बञ्चरेडाँडाका स्थानीय प्रतिनिधि विश्वास ढुंगानाले राज्यले बारम्बार झुक्क्याउने काम गरेको र आफ्ना मागहरू पूरा नभएको भन्दै बाध्य भएर फोहोर रोक्ने कदम चाल्नुपरेको बताएका छन् । यस अवरोधका कारण फोहोर व्यवस्थापनमा ठूलो चुनौती उत्पन्न भएको छ । हाल काठमाडौँ महानगरबाट दैनिक करिब ७ सय टन र अन्य पालिकाबाट समेत गरी जम्मा १४ सय टन फोहोर बञ्चरेडाँडामा विसर्जन हुने गरेको छ, जुन अहिले पूर्णतः प्रभावित भएको छ।


सम्बन्धित समाचार