Logo

५ मंसिर, काठमाडौँ । नेकपा एमालेले काठमाडौँमा दुई दिन लगातार शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ।

एमालेसँग सम्बद्ध नेसनल भोलिन्टियर फोर्सले शुक्रबार बिहान ११ बजे कार्की बैंक्वेट, बबरमहलमा कार्यक्रम गर्ने भएको हो। बबरमहलमा भेला भएर माइतीघर हुँदै पुनः बबरमहल र त्यहाँबाट नयाँ बानेश्वरसम्म र्‍यालीसहितको कार्यक्रम हुने फोर्सले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रहनेछन्। कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई जानकारी गराइएको फोर्सले बताएको छ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरराज पौडेलले कार्यक्रम आयोजनाका लागि निवेदन प्राप्त भएपछि प्रशासनमा छलफल जारी रहेको बताए। ‘निवेदन आएको छ, तर निर्णय प्रक्रियामा छ,’ उनले भने।

यस्तै, एमाले बागमती प्रदेश कमिटीले शनिबार प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गर्ने घोषणा गरेको छ। लगातार दुई दिन काठमाडौँमा हुने एमालेका यी कार्यक्रमलाई आगामी राजनीतिक वातावरणमा असर पार्ने घटनाका रूपमा हेरिएको छ।


सम्बन्धित समाचार