७ मंसिर, वीरगञ्ज । जेनजी नेपालका संयोजक सुदन गुरुङ र जेनजी पर्साका संयोजक विशेष साहसहित पर्सा जिल्लाका विभिन्न वडाहरू र स्थानीय तहमा नेतृत्व गरिरहेका युवाबीच शनिबार वीरगञ्जमा विशेष भेटघाट सम्पन्न भएको छ।
जेनजी पर्साका अनुसार भेटघाटमा पर्साको युवानेतृत्व, सामाजिक मुद्दा तथा आगामी संगठनात्मक योजनाबारे विस्तृत छलफल भएको हो ।
कार्यक्रममा अभियन्ता रणधीर वर्णावाल, राजा गुप्ता, अजीत सिंह, अमर सराफ, आँशु सिंह, सागर सर्राफ र रिशु वर्मासहितको टोली सहभागी थियो ।
भेटघाटअघि टोलीले वीरगञ्जस्थित ऐतिहासिक माईस्थान मन्दिरमा पूजा–पाठ गरी देश, प्रदेश र युवाको उज्वल भविष्यका लागि शुभकामना दिएको जेनजी पर्साले जनाएको छ ।
भेलाले नेतृत्वको सामाजिक योगदान, युवाको बढ्दो भूमिकाको आवश्यकता र पर्सा जिल्लाको विकासका मुद्दाहरूलाई प्राथमिकताका साथ अघि बढाउने सहमति व्यक्त गरेको छ । जेनजी पर्साका अनुसार युवाहरू एकीकृत रूपमा साझा उद्देश्यसहित अघि बढ्ने प्रतिबद्धता पनि बैठकबाट व्यक्त गरिएको छ ।















