Logo

१४ मंसिर, काठमाडौं । नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा पार्टीका बहालवाला मन्त्रीसहित कोसी प्रदेशसभाका दुई सदस्य पराजित भएका छन् । यस नतिजाले एमालेभित्र शीर्ष नेताहरूको प्रभाव रहेको मानिने क्षेत्रहरूमा समेत पार्टी पंक्तिले फरक मत दिएको सङ्केत गरेको छ ।

काठमाडौं–४ मा बहालवाला मन्त्री पराजितस् वाग्मती प्रदेशका बहालवाला श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट खुलातर्फको महाधिवेशन प्रतिनिधि छनोटमा पराजित भएका छन् । अध्यक्ष केपी ओली पक्षीय मानिने थापा खुलातर्फ दुई जना निर्वाचित हुनुपर्नेमा कुल २०१ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे। सोही क्षेत्रबाट श्रीकृष्ण श्रेष्ठ (२४१ मत) र बूढानीलकण्ठ नगरपालिकाका पूर्वमेयर उद्धव खरेल (२१२ मत) सहित निर्वाचित भएका छन् । काठमाडौं–४ एमाले वाग्मती प्रदेश इन्चार्ज राजन भट्टराईको क्षेत्र मानिन्छ ।

सुनसरी–१ मा दुई प्रदेश सांसद पराजित

त्यसैगरी, कोसी प्रदेशसभाका बहालवाला सदस्यद्वय रमेशकुमार बस्नेत र विजयकुमार राई सुनसरी क्षेत्र नम्बर–१ मा महाधिवेशन प्रतिनिधि छनोटमा पराजित भएका छन् । सुनसरी–१ ‘क’ बाट प्रतिनिधित्व गर्ने बस्नेतले ३७६ मत र ‘ख’ बाट प्रतिनिधित्व गर्ने राईले ३९१ मत प्राप्त गरेर पराजित भएका छन् । खुलातर्फ भएको यस प्रतिस्पर्धामा आशाराम चौधरी (६७४ मत), जयकुमार राई (७७६ मत) र मुरारी सुवेदी ७९६ मत सहित निर्वाचित भएका छन् । धरानमा भएको यस निर्वाचनमा कुल ४५।४५ प्रतिशत मात्र मत खसेको निर्वाचन समितिले जनाएको छ ।

बहालवाला मन्त्री र प्रदेश सांसदहरूको पराजयले एमालेको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा मतदाताहरूले पार्टीभित्रको पदभन्दा फरक व्यक्तिलाई रोजेको र यसको परिणाम महाधिवेशनमा देखिन सक्ने विश्लेषण गरिएको छ।


सम्बन्धित समाचार