१४ मंसिर,वीरगञ्ज ।बाराको बजनीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ।मृत्यु हुनेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ की २० वर्षीया ज्योतिकुमारी गुप्ता रहेकी छन् ।
आइतबार बिहान बाराको जीपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा सिमराबाट जीतपुरतर्फ आउँदै गरेको ना३त १०९८ नम्बरको ट्याक्टरले त्यहि दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०३–०३२प९५९० नम्बरको मोटसाइकललाई ठक्कर दिँदा उक्त मोटरसाइकलकी चालक गुप्ता गम्भीर घाइते भएकी थिइन् ।
गुप्ताको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा अन्य दुई जना पनि घाइते भएका छन् । ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई एउटा साइकलमा ठोकिन पुगेको थियो। दुर्घनामा मोटरसाइकलमा पछाडि सवार जीतपुरसिमरा–७ कै आस्था गुप्ता र साइकल चालक जीतपुरसिमरा २ का ४२ वर्षीय कृष्ण मगर घाइते भएको बारा प्रहरीले जनाएको छ ।

















