१५ मंसिर,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक काठमाडौंको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। बैठकमा पुस अन्तिम सातामा पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी भएको नेताहरूले बताएका छन्।
महाधिवेशनको समयतालिका लामो समयदेखि विवादमा परिरहेको अवस्थामा पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि फागुन २१ पछि महाधिवेशन गर्नुपर्छ भन्ने आफ्नो अडान परित्याग गर्दै पुसमै महाधिवेशन गर्न सहमत भएका छन्। यसपछि मध्यमार्गी प्रस्तावका रूपमा नयाँ कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गर्न लागिएको हो।
गत मंसिर ६ गतेदेखि महाधिवेशनको मिति तय नहुँदा कांग्रेस बैठक पटक–पटक सारिँदै आएको थियो। आजको बैठकले महाधिवेशनको मिति तथा तयारीसम्बन्धी विवाद अन्त्य गर्ने अपेक्षा गरिएको छ।

















