Logo

१५ मंसिर,काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन सम्बन्धी कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको हो।

बैठकले वर्तमान केन्द्रीय कार्यसमितिको कार्यकाल माघसम्मका लागि थप गर्ने निर्णय पनि गरेको छ।

पारित कार्यतालिका अनुसार कांग्रेसले पुस १६ गते वडा अधिवेशन गर्नेछ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकमा प्रस्तुत गरेको कार्यतालिकाअनुसार गाउँ–नगर अधिवेशन पुस १७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते, एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा पुस २१ गते र बहु–क्षेत्रीय जिल्लामा पुस २२ गते जिल्ला अधिवेशन हुने छ।

यस्तै, कांग्रेसको प्रदेश अधिवेशन पुस २२ र २३ गते सञ्चालन हुने जानकारी कार्यवाहक सभापति खड्काले बैठकलाई दिएका छन्।


सम्बन्धित समाचार