Logo

१६ मंसिर,वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१५, प्रतिमा चोकबाट करिब १० किलो लागुऔषध चरेशसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मंगलबार बिहान धोबिनी गाउँपालिका–५ बस्ने ४८ वर्षीय सम्सुल मियाँलाई पैदल हिँडिरहेको अवस्थामा रोकेर खानतलासी गर्दा उनीसँग भएको कालो ब्यागभित्र प्लाष्टिकले बेरेर लुकाइ–छिपाइ राखिएको चरेश फेला परेको हो।

बरामद चरेशसहित मियाँलाई जिल्ला प्रहरी कार्यालय पर्सामा हिरासतमा राखिएको र उनिमाथि लागु औषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार, नेपालको लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार १० किलोभन्दा बढी गाँजा वा चरेश ओसार–पसार वा सञ्चय गर्दा २ वर्षदेखि १० वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था रहेको छ। मियाँमाथि सोही कानुनअनुसार अनुसन्धान अगाडि बढाइएको छ।


सम्बन्धित समाचार