Logo

१६ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि बुधबार दिउँसो २ बजे प्रदेश सभामा विश्वासको मत लिने घोषणा गरेका छन्।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले प्रदेश प्रमुखबाट दिउँसो ३ बजे पत्र प्राप्त भएको उल्लेख गर्दै संविधानअनुसार तोकिएको समयसीमा भित्र नै विश्वासको मत लिने तयारी पूरा भएको जानकारी दिए।

उनका अनुसार आजै प्रदेश सभा सचिवालयलाई विश्वासको मत प्रक्रियाका लागि आवश्यक पत्र पठाइसकिएको छ।

मुख्यमन्त्री यादवले विगतमा सरकारलाई सहयोग गरेका दलहरूले पुनः आफूलाई विश्वासको मत प्रदान गर्ने आशा व्यक्त गरे।


सम्बन्धित समाचार