Logo

१७ मंसिर,सेढवा । महिला विकास तथा उद्यम विकास कार्यक्रम अन्तर्गत दस दिने सरफ बनाउने सिपमूलक तालिम पर्सा जिल्लाको जिराभवानी गाउँपालिका, वार्ड नम्बर २, काठमाडौं टोलको सामुदायिक भवनमा सफलतापूर्वक सम्पन्न भएको छ।

तालिममा सहभागी महिलाहरूलाई सरफ बनाउने प्राविधिक ज्ञान, बजारिकरण, घरेलु दर्ता प्रक्रिया तथा सरकारबाट उपलब्ध अनुदानका बारेमा जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा तालिम प्रशिक्षक नरेश जैसवालले सहभागी महिलालाई व्यावहारिक प्रशिक्षणसहित उपयोगी सल्लाह दिएका थिए।

समापन कार्यक्रममा जिराभवानी गाउँपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष महादेव महतो थारु, वार्ड सदस्य श्रीकान्ति देवी, सदस्य नन्दकिशोर साह तथा अन्य संस्थाका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।

तालिममा बीस जना महिला सहभागी भएका थिए। सहभागी महिलाहरूलाई प्रमाणपत्रसहित सम्मान समेत प्रदान गरिएको छ। कार्यक्रम जिराभवानी गाउँपालिकाको आयोजना तथा सम्बन्धित संस्थाको सहजीकरणमा सम्पन्न भएको थियो।


सम्बन्धित समाचार