१७ मंसिर,ठोरी । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उपलक्ष्यमा ठोरी गाउँपालिकाले माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाकाे सभाहलमा बुधबार आयोजित कार्यक्रममा गाउँपालिका भित्र रहेका ६ ओटा माध्यमिक विद्यालयका कुल १२ जना विद्यार्थीको सहभागिता थियो । ‘प्रविधीको सहि प्रयोग गरौं , ‘लैङ्गिक हिंसा अन्त्य गरौं ‘ भन्ने विषयक प्रतियोगितामा जानवाटिका मावि सुवर्णपुरकी छात्रा रश्मी खड्का प्रथम भएकी छन्।
यस्तै मावि विजयवस्तीकी छात्रा रेविका बिक र नेरामावि ओडारकी छात्रा भावना खड्का क्रमशः द्वितीय र तृतीय भए । ठोरी गापा उपाध्यक्ष गोकुली कुमारी रेग्मीको अध्यक्षता एवम् गापा अध्यक्ष लाल बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेरा प्राविधिक मावि ठोरी १ , सरस्वती मावि ठोरी २ का छात्रछात्रा सहभागी थिए ।
यस्तै कार्यक्रममा नेरामावि ओडार , मावि विजयवस्ती , ज्ञानज्याेति मावि घ्याङडाँडा र ज्ञानवाटिका माविका सुवर्णपुरका छात्रछात्राको सहभागिता थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले विद्यार्थीले अनुशासन र अध्ययनमा मात्र ध्यान दिनुपर्ने बताउनुभयो ।
सो अवसरमा गापाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार चौधरीले विद्यार्थीको एक मात्र काम भनेको अध्ययन गर्नु रहेको बताउनुभयो । यस्तै सभाध्यक्ष रेग्मीले महिला हिंसा विरुद्ध आफु सधैं कठोर भएर लागिपरेको बताउनुभयो । कार्यक्रममा ठोरीका विभिन्न विद्यालयका शिक्षक , गापाका कर्मचारी लगायत विद्यार्थीको उपस्थिति थियो ।

















