Logo

१७ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेपछि राजनीतिक गतिविधिबारे चासो बढिरहेका बेला नेतृ सुमना श्रेष्ठ ले आफू ‘एकता प्रक्रियाको अभियानमा’ रहेको स्पष्ट पारेकी छन् ।

बुधबार उज्यालो नेपाल पार्टीको घोषणासभा मा पुगेकी उनले आफूलाई लक्षित गर्दै सोधिएका प्रश्नहरूको जवाफ दिँदै पछिल्लो समय आफू नयाँ राजनीतिक दलहरूको पक्षमा रहेको बताइन् । उनले भनिन्, ‘सुमना कहाँ छ भनेर सोध्ने गरिएको छ। म एकतामा छु।’ रास्वपाबाट अलग्गिएपछि उनी केही समय उज्यालो नेपाल पार्टी निर्माण प्रक्रियामा पनि सामेल भएकी थिइन्, यद्यपि अन्तिममा उनी सो पार्टीमा भने सहभागी भइनन् ।

यद्यपि, उनले नयाँ पार्टीहरूबीच एकता अनिवार्य रहेको कुरामा जोड दिइन् । पुराना शक्तिहरूलाई फेरि आउन नदिनका लागि पनि नयाँ दलहरू एकजुट हुनुपर्ने भन्दै उनले सबै नयाँ शक्तिहरूलाई एकताका लागि आग्रह गरेकी छिन् ।


सम्बन्धित समाचार