Logo

१७ मंसिर, काठमाडौं । सर्वोच्च अदालतको आदेशबमोजिम सदनमा राजीनामा घोषणा गरेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव ले औपचारिक रूपमा प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाएका छन् ।

उनले प्रदेश प्रमुख डा। सुरेन्द्र लाभ कर्ण लाई राजीनामा पत्र बुझाउँदै आफ्नो पद त्यागको जानकारी दिएका हुन् । मुख्यमन्त्री यादवले आफ्नो राजीनामा पत्रमा सम्मानित सर्वोच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै तथा ‘राजनीतिक परिस्थितिले देखाएको सन्देशलाई आत्मसाथ गर्दै’ राजीनामा दिएको स्पष्ट पारेका छन् ।
उनले नागरिकको भावना र प्रदेशको व्यापक हितलाई ध्यानमा राखेर पदबाट अलग भएको उल्लेख गरेका छन् । यस राजीनामासँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ, जसले प्रदेशको राजनीतिक अस्थिरतालाई नयाँ मोडमा पुर्‍याएको छ ।


सम्बन्धित समाचार