१७ मंसिर,वीरगञ्ज । मधेश प्रदेश सरकारले विवादास्पद मदरस्सा शिक्षा बोर्ड पुनःसक्रिय गर्ने प्रयास गरेको विरोधमा विश्व हिन्दू परिषद् नेपालले बुधबार वीरगञ्जमा प्रदर्शन गरेको छ।
माईस्थानबाट सुरु भएको विरोध जुलुस नगरपरिक्रमा गर्दै घण्टाघर क्षेत्रतर्फ अघि बढेको थियो। प्रदर्शनकारीहरूले टायर जलाउँदै सरकार र मुख्यमन्त्री सरोज कुमार यादवको निर्णयविरुद्ध कडा नाराबाजी गरेका थिए।
उनहरूले मदरस्सा बोर्ड पुनःसक्रिय गर्ने निर्णय प्रदेशको सामाजिक सद्भाव र सुरक्षा व्यवस्थामा खतरा हुने आरोप लगाएका थिए। प्रदर्शनका क्रममा केही समय प्रहरी र प्रदर्शनकारीबीच तनाव भएको भए पनि स्थिति नियन्त्रणमा आएपछि कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरी स्रोतले जनाएको छ।
विश्व हिन्दू परिषद् नेपालले यसअघि विज्ञप्ति जारी गर्दै उक्त निर्णय प्रदेशको शान्ति–सुरक्षा र सामाजिक सन्तुलनमा प्रतिकूल असर पार्ने चेतावनी दिइसकेको थियो। बुधबारको विरोध कार्यक्रममा परिषद्का वीरगञ्ज महानगर युवा प्रमुख सुरज कुशवाहा, सह–युवा प्रमुख छोटा राजन पटेल र महानगर अध्यक्ष ज्योति रुंगटाले नेतृत्व गरेका थिए।

















