Logo

१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी पुस २६ देखि २८ गतेसम्म निर्धारण गरिएको पार्टीको १५ औं महाधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि सबै नेता तथा कार्यकर्ता जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।

महाराजगञ्जस्थित निवासमा आज भेटघाटका लागि पुगेका नियमित महाधिवेशन पक्षधर युवा नेताहरूलाई सभापति देउवाले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न युवाहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने निर्देशन दिएका हुन् । नेता सरोज थापाका अनुसार देउवाले महाधिवेशनमार्फत् पार्टीलाई एकत्रित र एकबद्ध बनाएर आगामी निर्वाचनमा होमिनसमेत युवाहरूलाई आह्वान गरेका छन् । उनले पार्टी नियमित महाधिवेशनको प्रक्रियामा अघि बढिसकेकाले अहिले विशेष महाधिवेशनको चर्चा गर्नु पूर्णतः असान्दर्भिक भएको बताउँदै यस्ता आशंका र प्रचारबाजीलाई चिर्न युवारविद्यार्थीलाई आग्रह गरेका छन् ।

भेटमा सहभागी युवा नेताहरूले देउवालाई निर्धारित समयमा महाधिवेशन सम्पन्न गर्न, वडादेखि केन्द्रसम्म पार्टीको पुनर्गठन, पुस्तान्तरण र रूपान्तरण गर्न तथा स्वच्छ छविका युवाहरूलाई आगामी निर्वाचनमा नयाँ अनुहारका रूपमा अघि सार्न माग गरेका थिए ।


सम्बन्धित समाचार