१९ मंसिर,वीरगञ्ज । सहयात्री बचत तथा ऋण सहकारी संस्था लि.को १८औँ वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष गोमा कुमारी उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको छ।
सभाको स्वागत मन्तव्य संस्थाका सचिव शिवनाथ यादवले दिएका थिए भने कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक विरेन्द्र राज कँडेलले गरे। सभामा वार्षिक प्रतिवेदन अध्यक्ष उप्रेतीले प्रस्तुत गरिन्। प्रस्तावित कार्यक्रम र बजेट सचिव यादवले प्रस्तुत गरे भने आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट कोषाध्यक्ष प्रतिमा मानन्धरले प्रस्तुत गरिन्।
यस्तै, लेखा समितिको प्रतिवेदन संयोजक वेदमन दास थारुले तथा ऋण लगानी तथा अनुगमन उपसमितिको प्रतिवेदन संयोजक महम्मद जिकुरुल्लाहले प्रस्तुत गरे। पछिल्लो आर्थिक वर्षमा सहकारीले ५ करोड ४३ लाख ७९ हजार ५ सय ७७ रुपैयाँ बराबरको कारोवार गरेको प्रतिवेदन पेश गरिएको संस्थाका लेखा प्रमुख संजय परियारले जानकारी दिए।


















