२१ मंसिर, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको भाउमा भने वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार छापावाल सुन २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, आइतबार १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख १६ हजार २२० रुपैयाँ कायम भएको छ ।
तर, यसको विपरीत चाँदीको मूल्य भने बढेको छ। शुक्रबार तोलामा ३ हजार ५५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार बढेर ३ हजार ६०५ रुपैयाँ प्रति तोला पुगेको महासंघले जनाएको छ।
















