Logo

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पुराना र सम्मानित नेता आमोद प्रसाद उपाध्यायको दुःखद निधन भएको छ ।

मोरङको विराटनगर स्थायी निवासी उपाध्यायको काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समय सक्रिय रहनुभएका उपाध्यायको राजनीतिक यात्रा निकै संघर्षपूर्ण रहेको थियो । उनले राजनीतिक संघर्षको क्रममा पटक–पटक पक्राउ परी जेल जीवन बिताएका थिए भने निर्वासित जीवनसमेत व्यतीत गरेका थिए ।

उपाध्यायले राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी वि.सं. २०५१ सालमा राष्ट्रिय सभा सदस्य बनेका थिए भने वि.सं.२०५६ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । त्यसपछि वि.सं. २०५६ देखि २०५८ सालसम्म उनले शिक्षा तथा खेलकूद मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थिए ।

उनी पुनर्स्थापित व्यवस्थापिका–संसदमा समेत सक्रिय रहेका थिए । उहाँको निधनले नेपाली कांग्रेस र समग्र राष्ट्रले एक अनुभवी र निष्ठावान् नेता गुमाएको छ ।


सम्बन्धित समाचार