Logo

२९ मंसिर, वीरगञ्ज । ब्राह्मण समाज नेपाल, पर्सा जिल्लाको जिल्ला इन्चार्ज (कार्यकारी अध्यक्ष) पदमा ज्योतिष सम्राट डा. पुरुषोत्तम दुबेलाई नियुक्त गरिएको छ। नियुक्ति समारोहमा ब्राह्मण समाज नेपालका केन्द्रीय उपाध्यक्ष पण्डित देवनाथ उपाध्याय, संरक्षक नरेन्द्र तिवारी, जिल्ला कार्यसमितिका अध्यक्ष कामेश्वर मिश्र, डा. सुरेन्द्र तिवारी तथा केन्द्रीय नेतृत्वका रामबिहारी पाण्डेयलगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा विधानअनुसार ११ सदस्यीय जिल्ला कार्यसमितिको पुनर्गठन गरिएको छ। पुनर्गठित समितिमा अध्यक्षमा कामेश्वर मिश्र, जिल्ला कार्यकारी अध्यक्ष (इन्चार्ज) मा डा. पुरुषोत्तम दुबे चयन भएका छन्। उपाध्यक्षमा पण्डित दिनेश तिवारी, सचिवमा पण्डित रत्नेश तिवारी, कोषाध्यक्षमा शैलेन्द्र उपाध्याय, सह–सचिवमा आशीष तिवारी तथा सदस्यमा विवेक पाण्डेय चयन भएका छन्।

यसैगरी सल्लाहकारमा पण्डित विद्याधर झा र वन्दना शर्मा तथा वरिष्ठ सल्लाहकारमा प्रकाश उपाध्याय र पेलेंसर बाबा चयन गरिएको छ।

नवगठित समितिले समाजको संस्थागत विकास, आजीवन सदस्यता प्रमाणपत्र वितरण, साधारण सदस्यता विस्तार तथा समाजका लागि धर्मशाला निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ। साथै समाजको समग्र उत्थानका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

समितिले आगामी तीन महिनाभित्र पूर्णरूपमा जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्यसमेत तय गरेको छ। मुलुकमा हुन गइरहेको निर्वाचनलाई ध्यानमा राख्दै ब्राह्मण समाज नेपाललाई सामाजिक तथा सांगठनिक रूपमा महत्वपूर्ण समीकरणका रूपमा हेरिन थालेको छ, जसले संगठनप्रति जनचासो बढाएको छ।


सम्बन्धित समाचार