Logo

६ पौष,  वीरगन्ज। पर्साका क्रियाशील पत्रकारहरूको एक भेलाले राजन रौनियारको अध्यक्षतामा हिन्दु पत्रकार संघको जिल्ला कार्य समिति गठन गरेको छ। आइतबार वीरगन्जमा सम्पन्न भेलाले रौनियारको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा विनोद पटेल र विमला गुप्ता चयन हुनुभएको छ भने सचिवमा राजकुमार सर्राफ र कोषाध्यक्षमा आनन्द पटेल रहनुभएको छ।

संघको सदस्यहरूमा अभिलाष गुप्ता, अर्जुन चौधरी, अनिल ओझा, सन्तोष कुशवाहा, सन्जय कुशवाहा, रवि बर्णवाल, राकेश साह, राजु बैठा, रश्मीराज भण्डारी, अजय चौरसिया र त्रिलोकी पटेल लगायत रहनुभएको छ।

समिति गठनका लागि आयोजित भेलामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहान, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, र पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनालको विशेष उपस्थिति रहेको थियो।

त्यसैगरी, प्रेस चौतारी पर्साका अध्यक्ष निरन्जन मिश्र र नेपाल प्रेस युनियनका अजय साह लगायतका सञ्चारकर्मीहरूले नयाँ समितिलाई शुभकामना व्यक्त गर्नुभएको थियो। नवगठित संघले पत्रकारहरूको हकहित र व्यावसायिक मर्यादासँगै समाजमा सकारात्मक भूमिका खेल्ने विश्वास लिइएको छ।


सम्बन्धित समाचार
भर्खरै