Logo

१४ पुष, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्द सूची बुझाउने अन्तिम समयसीमा तोकेकै दिन उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच पुनः सघन संवाद सुरु भएको छ ।

यसअघि भएका पटक-पटकका छलफलहरू निष्कर्षविहीन भएपछि दुवै दलले छुट्टाछुट्टै बन्द सूची तयार पारिरहेका थिए । तर, आज पुस १४ गते आयोगमा सूची बुझाउनै पर्ने दबाबका बीच दुई नेताबीच फेरि सहमतिको खोजी भइरहेको छ ।
रास्वपा स्रोतका अनुसार सभापति लामिछाने भर्खरै पार्टीको केन्द्रीय समिति बैठकबाट बाहिरिएर घिसिङसँगको गोप्य वार्ताका लागि निस्कनुभएको छ । उता कुलमान निकट स्रोतले पनि लामो समयदेखि थाती रहेका असहमतिलाई किनारा लगाउँदै चुनावी तालमेल वा एकताका लागि अन्तिम प्रयास भइरहेको पुष्टि गरेको छ । दुई नेताबीच कहाँ र कुन स्थानमा वार्ता भइरहेको छ भन्ने विषयलाई भने निकै गोप्य राखिएको छ ।

विशेषगरी समानुपातिक सिटको भागबण्डा र उम्मेदवारहरूको वरियताका विषयमा कुरा नमिल्दा यसअघि संवाद टुङ्गिएको थियो । तर, आजै रातिसम्म आयोगमा नामावली बुझाइसक्नुपर्ने कानुनी बाध्यताले दुवै पक्षलाई सम्झौताका लागि बाध्य पारेको देखिन्छ । यदि यो वार्ता सफल भएमा उज्यालो नेपाल र ुरास्वपा एउटै सूची लिएर निर्वाचन आयोग पुग्ने सम्भावना छ, जसले फागुन २१ को निर्वाचन समीकरणमा ठूलो अर्थ राख्नेछ।


सम्बन्धित समाचार
भर्खरै