Logo

१४ पुष, काठमाडौँ । निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बुझाउन राजनीतिक दलहरूको घुइँचो लागिरहँदा बाहिर ‘जेनजी’ युवाहरूले विरोध प्रदर्शन गरेका छन्।

सोमबार कान्तिपथस्थित आयोगको कार्यालय पुगेका अजय सोडारी, मिराज ढुंगाना लगायतका युवाहरूको समूहले वर्तमान निर्वाचन प्रक्रिया रोक्न माग गर्दै नाराबाजी गरेका हुन्। प्रदर्शनकारीहरूले “निर्वाचन धोका हो,” “निर्वाचन प्रक्रिया बन्द गर,” “भ्रष्टलाई कारबाही गर,” र “प्रहरी दमन मुर्दावाद” जस्ता नारा लगाएका थिए।

आन्दोलनकारी युवाहरूले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत माग गरेका छन्। यसअघि पनि उनीहरूले माइतीघर मण्डलामा भेला भई सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गरेका थिए।

आज प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने अन्तिम दिन हो। आयोगभित्र दलहरूलाई सूची दर्ता गराउन भ्याइनभ्याइ भइरहँदा बाहिर युवाहरूको यो विरोधले सुरक्षा व्यवस्थामा चुनौती थपेको छ।


सम्बन्धित समाचार