Logo

१४  पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बनाउने गरी पार्टी सभापति रवि लामिछानेसँग सहमति भएको छ।

उनीहरूबीच अहिले सहमतिको अन्तिम ड्राफ्टमा हस्ताक्षर हुने क्रममा रहेको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार, घिसिङलाई पार्टीको उच्च तहमा राख्दै उपसभापति बनाउने सहमति भएको हो।

यस सहमतिले रास्वपाको सङ्गठन संरचना र भावी राजनीतिक दिशामा महत्त्वपूर्ण परिवर्तन ल्याउने देखिन्छ। यसैगरी, पार्टीको समानुपातिक सूचीमा पनि घिसिङको समूहको उल्लेख्य सहभागिता हुने भएको छ।

पार्टीको समानुपातिकतर्फका १८ जना सदस्यहरू कुलमान घिसिङको टिमबाट समावेश हुने सहमति भएको छ।

यसअघि रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी सहमति भएको थियो। उक्त सहमतिमा असन्तुष्ट देखिएका कुलमान घिसिङसँग पार्टी नेतृत्वले पटकपटक छलफल गरेको थियो।

लामो छलफलपछि अन्ततः घिसिङलाई उपसभापतिसहित महत्त्वपूर्ण भूमिका दिने गरी नयाँ सहमति भएको हो। यस सहमतिले रास्वपाको नेतृत्व र शक्तिको सन्तुलनमा नयाँ आयाम थपेको छ।


सम्बन्धित समाचार