Logo

१५ पुष, वीरगञ्ज । उपकार सेवा नेपालले सधैंझैँ ठोरी गाउँपालिका–१, भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित १८ जना अपाङ्ग, सुस्त मानसिक अवस्था भएका व्यक्ति, वृद्ध–वृद्धा, आमा–बुवा तथा बालबालिकाहरूको दैनिक उपभोगका लागि खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गरेको छ।

संस्थाले चामल ३० किलोका दुई बोरा, दाल ७ किलो, खाने तेल, नुन, स्वाबिन १० किलोको एक बोरा, फिनाइल, सर्फ, लुगा धुने साबुन, नुहाउने साबुन, डाइपर, धनियाँ, खुर्सानीलगायतका आवश्यक सामग्री व्यवस्थापन गरेको हो।

आश्रमका सदस्य रामबहादुर थिङलाई घरमै बोलाई आयोजना गरिएको एक कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारूले उक्त सामग्री हस्तान्तरण गरेका थिए।

संस्थाले उक्त आश्रमलाई प्रत्येक महिनामा नियमित रूपमा खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गर्दै आइरहेको जनाएको छ। उपकार सेवा नेपालका अनुसार यस किसिमको निरन्तर सहयोगले आश्रममा आश्रितहरूको दैनिक जीवनयापन सहज बनाउन मद्दत पुगेको छ।


सम्बन्धित समाचार
भर्खरै