Logo

१५ पुष, वीरगञ्ज । विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो र शीतलहरलाई मध्यनजर गर्दै वीरगंज महानगरपालिकाले विद्यालयहरूको बिदा थप गरेको छ। महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै आफ्नो मातहतमा रहेका सबै विद्यालय, मन्टेश्वरी र कोचिङ सेन्टरहरूमा थप ३ दिन बिदा दिने निर्णय गरेको हो।

सूचना अनुसार, बढ्दो जाडोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी २०८२ पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालयहरू बन्द रहनेछन्। यो बिदा वार्षिक संचित बिदा (वर्षे बिदा) बाट कट्टा हुने गरी मिलाइएको महानगरले जनाएको छ।

यसअघि पनि शीतलहरकै कारण केही दिन विद्यालयहरू बन्द रहेका थिए। मौसममा सुधार नआएपछि अभिभावक र विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकता दिँदै पुनः बिदा थप गरिएको हो।

महानगरको सूचनामा उल्लेख भए अनुसार, थपिएको बिदा सकिएपछि पुस २० गते (आइतबार) देखि भने सबै विद्यालय, मन्टेश्वरी र कोचिङ सेन्टरहरू साबिककै समय अनुसार नियमित रूपमा सञ्चालन हुनेछन्।


सम्बन्धित समाचार