Logo

२० चैत, पचगावाँ । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं.५ मनिहर्वामा संचालित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको विद्यालय ब्यवस्थापन समिती सर्वसहमतिबाट गठन गरिएको छ ।

आज विद्यालय प्राङ्गणमा बसेको अभिभावक भेलाले शम्भु प्रसाद थारुको अध्यक्षतामा ९ सदस्य समिती गठन भएको पटेर्वासुगौली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले बताएका छन् ।

समितीको सदस्यहरुमा योगेन्द्र यादव, पंचमी देवी, फुलमति देवी, पलट प्रसाद थारु, मदन मिश्रा र सदस्य सचिव एवम् विद्यालयको प्रधानाध्यापक हरिराज प्रसाद यादव लगाएत ९ सदस्य समिती चयन भएको विद्यालय प्रशासनले जनाएको छ ।


सम्बन्धित समाचार