Logo

२ माघ, काठमाडौँ । निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेपछि नेपाली कांग्रेसका सभापति गगन थापाले तत्काल केन्द्रीय समितिकाे बैठक बोलाएका छन्।

निर्वाचन आयोगको निर्णयपछि सभापति थापाले बैठक आह्वान गरेको जानकारी पार्टी प्रवक्ता देवराज चालिसेले दिए। उनका अनुसार बैठक पार्टीभित्र देखिएका असन्तुष्टि सम्बोधन गर्दै सबैलाई समेटेर अघि बढ्ने उद्देश्यका साथ बोलाइएको हो।

“तत्काल बैठक बस्दै छ। हामीले सय प्रतिशत कांग्रेस बनाउनुपर्छ। विशेष महाधिवेशन एउटा प्रक्रियामात्र हो। उहाँहरू कांग्रेस होइनन् भन्ने होइन,” चालिसेले भने।

उनले विशेष महाधिवेशनको प्रक्रियाप्रति असन्तुष्ट रहेका नेताहरूलाई पनि साथमा लिएर अघि बढ्ने स्पष्ट पारे। “प्रक्रियाप्रति असन्तुष्टि हुनु स्वाभाविक हो। तर सबैलाई समेटेर लानुपर्छ। अब हाम्रो जिम्मेवारी अझ बढेको छ,” उनले थपे।

विशेष महाधिवेशनलाई लिएर असहमति जनाएका नेताहरूको योगदानलाई समेत सम्मान गर्दै सहकार्यको बाटो अपनाइने चालिसेको भनाइ छ। “लोकतन्त्रमा असहमति हुन्छ। तर उहाँहरूको योगदान छैन भन्ने होइन। सबैलाई समेटेर सय प्रतिशतको कांग्रेस बनाएर अघि बढ्ने हो,” उनले बताए।

सबैलाई समेटेर लग्न बैठक बोलाएको उनको भनाइ छ। ‘विशेष महाधिवेशन प्रक्रियाप्रति उहाँहरू असन्तुष्ट भए आफ्नो ठाउँमा छ। सबैलाई समेटेर लानुपर्छ। हामीलाई थप जिम्मेवारी बढ्यो,’ उनले भने।

विशेष महाधिवेशनलाई लिएर कोही असन्तुष्ट भएमा पनि मिलार लग्ने उनी बताउँछन्। ‘लोकतन्त्रमा असहमति हुन्छ तर उहाँहरूको योगदान छैन भन्ने होइन। सबैलाई समेटेर सय प्रतिशतको कांग्रेस बनाएर लाने हो,’ चालिसेले भने।


सम्बन्धित समाचार