प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

४ माघ ,सेढवा। नेपाली कांग्रेस ठोरी गाउँ कार्यसमिति, पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विश्वराज घिमिरे लाई उम्मेदवार सिफारिस गरेको छ।

ठोरी गाउँ कार्यसमितिका सभापति सन्तोष श्रेष्ठ द्वारा हस्ताक्षरित पत्रमार्फत नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा, काठमाडौंमा घिमिरेको नाम सिफारिस गरिएको हो।

पत्रअनुसार ठोरी गाउँपालिका–५ अन्तर्गत सुवर्णपुर निवासी घिमिरे नेपाल किसान महासंघ का केन्द्रीय सदस्य रहँदै आएका छन् भने नेपाली कांग्रेसको १४औँ जिल्ला अधिवेशनमा सचिव पदका प्रत्यासी समेत थिए।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घिमिरेलाई उम्मेदवार बनाउँदा उनी क्षेत्रका लोकप्रिय नेता तथा जनताको सुख–दुःखमा सधैँ साथ दिने व्यक्तित्व भएकाले पार्टी संगठन अझ मजबुत र संगठित हुने विश्वास कार्यसमितिले व्यक्त गरेको छ।

पत्रमार्फत स्थानीय तहदेखि पार्टी संगठन विस्तार, जनसम्पर्क र राजनीतिक सक्रियतामा निरन्तर योगदान पुर्‍याउँदै आएका घिमिरेलाई पर्सा निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवारका रूपमा अघि सार्न केन्द्रीय नेतृत्वसमक्ष आग्रह गरिएको छ।

यसअघि सोही क्षेत्रका लागि नेपाली कांग्रेसले रमेश रिजाल को एकल नाम सिफारिस गरिसकेको थियो।


सम्बन्धित समाचार