४ माघ, विराटनगर । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।
साम्पाङले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्दै आइतबारको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघा समक्ष राजीनामा बुझाएका हुन्।
उनी श्रम संस्कृति पार्टी का अध्यक्ष हुन्।
त्यसैगरी, धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई ले पनि आइतबार राजीनामा दिएका छन्। भट्टराईलाई नेकपा ले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार बनाएको छ।














