५ माघ, जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सोमबार बिहान जनकपुरधामस्थित जानकी मन्दिर पुगेका छन् । आइतबार साँझ जनकपुरधाम पुगेका बालेन बिहान ६ बजुअघि नै मन्दिर पुगेर दर्शन गरेका हुन् ।
जानकी मन्दिर दर्शनका क्रममा उनका साथमा पूर्व सांसद अमरेशकुमार सिंहसमेत देखिएका थिए। बिहान सबेरै मन्दिर पुगेका बालेनलाई देख्न समर्थकहरूको उल्लेख्य भीड लागेको थियो ।
बालेन जनकपुरधाममा रास्वपाले आयोजना गर्न लागेको चुनाव केन्द्रित सभालाई सम्बोधन गर्न त्यहाँ पुगेका हुन् । रास्वपाले मधेश प्रदेशबाट फागुन २१ गते चुनाव केन्द्रित सभा गर्ने तयारी गरेको छ ।
आइतबार मात्र काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेनले त्यसलगत्तै रास्वपाको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका थिए। त्यसपछि उनी चुनावी अभियानका क्रममा जनकपुरधाम पुगेका हुन् ।
मेयर पदबाट राजीनामापछि बालेनको सक्रिय राजनीतिक उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । जनकपुरधाममा उनले धार्मिक स्थलमा दर्शन गर्दै चुनावी अभियानको औपचारिक सुरुआत गरेका छन् ।















