५ माघ, काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले ६७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ । मानव स्रोत विकास विभागले आईतबार एक सूचना जारी गर्दै ठूलो सङ्ख्यामा डिएसपीहरूको कार्यक्षेत्र परिवर्तन गरेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भएका अधिकारीहरूले चालू माघ महिनादेखिको तलब, भत्ता तथा अन्य सुविधाहरू सरुवा भएकै दरबन्दीबाट खान पाउने गरी व्यवस्था मिलाइएको छ। नियमित प्रक्रियाअन्तर्गत गरिएको यो सरुवामा काठमाडौँ उपत्यकाभित्रका महत्वपूर्ण प्रहरी वृत्तहरू र केही जिल्लाका प्रहरी प्रमुखहरू समेत परेका छन्।
सरुवाको सूचीअनुसार काठमाडौँका केही रणनीतिक महत्वका वृत्तहरूको कमान्ड हेरफेर गरिएको छ । यसैगरी, जिल्लाको सुरक्षा कमान्ड सम्हालिरहेका डिएसपीहरूलाई प्रधान कार्यालय तथा अन्य विभागमा तानिएको छ भने विभागमा रहेकाहरूलाई फिल्डको जिम्मेवारी दिएर पठाइएको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थालाई समेत ध्यानमा राखेर यो सरुवा गरिएको प्रहरी स्रोतको दाबी छ। कार्यसम्पादनमा प्रभावकारिता ल्याउन र सांगठनिक आवश्यकताअनुसार सरुवा गरिएको विभागले जनाएको छ। सरुवा भएका प्रहरी अधिकृतहरूलाई तत्कालै नयाँ कार्यक्षेत्रमा खटिन निर्देशन समेत दिइएको छ ।
हेर्नुहोस् सूची-
















