Logo

Untitled design – 1

५ माघ, काठमाडौं । रोल्पाको चुनावी मैदानमा हेभीवेट भिडन्त हुने अपेक्षा गरिएका बेला नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफ्नो उम्मेदवारीबाट हात झिक्दै वर्षमान पुनका लागि बाटो खुला गरिदिएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता पुनले रोल्पाबाट निर्वाचन लड्ने औपचारिक घोषणा गरेसँगै विप्लव नेतृत्वको नेकपा माओवादीले आफ्ना शीर्ष नेताहरूलाई चुनावी प्रतिष्पर्धाबाट अलग राख्ने नाटकीय निर्णय लिएको हो । सोमबार बिहान बसेको पार्टीको स्थायी कमिटी बैठकले महासचिव विप्लवलाई रोल्पाको चुनावी मैदानमा नउतार्ने निर्णय गरेसँगै वर्षमान पुनलाई यसपटकको निर्वाचनमा निकै राहत पुग्ने र जितको आधार सहज हुने राजनीतिक वृत्तमा विश्लेषण सुरु भएको छ ।

यसअघि विप्लव आफैँले रोल्पाबाट उम्मेदवारी दिने भन्दै कार्यकर्तामाझ उत्साह भरे पनि वर्षमान पुन जस्ता अनुभवी नेतासँगको चुनावी टकराव टार्न पार्टीको पछिल्लो नीतिलाई ढाल बनाइएको देखिन्छ । स्थायी कमिटी सदस्य अनिल शर्मा ‘विरही’ का अनुसार पार्टीको माथिल्लो तहका नेताहरू चुनावी राजनीतिमा प्रत्यक्ष नहोमिने आन्तरिक सहमतिका कारण विप्लव पछि हटेका हुन् । तर, अन्य तहका कार्यकर्तालाई भने निर्वाचनमा भाग लिन खुल्ला छाडिएको छ । विप्लवको यो ुब्याक गियरु ले रोल्पामा कम्युनिष्ट घटकहरूबीचको भोट बाँडफाँड हुनबाट रोकिने र वर्षमान पुनको पल्ला भारी हुने निश्चित प्रायः देखिएको छ ।

जिल्लामा दुई ठूला कम्युनिष्ट शक्तिबीचको टक्करले चुनावी नतिजा कता जान्छ भन्ने अन्योल रहेका बेला विप्लवको कदमले वर्षमान पुनलाई रोल्पाको ुनिर्विकल्पु जस्तै बनाइदिएको छ । आफ्नै गढ मानिने रोल्पामा विप्लव जस्तो जुझारू नेता मैदानमा नहुँदा पुनलाई चुनावी प्रचारप्रसार र रणनीति बनाउन थप सहज हुनेछ । शीर्ष नेताहरू निर्वाचनबाट बाहिरै रहने विप्लवको यो निर्णयलाई रणनीतिक रूपमा वर्षमान पुनलाई सघाउने वा टकरावबाट जोगिने कूटनीतिक चालका रूपमा पनि हेर्न थालिएको छ ।


सम्बन्धित समाचार