५ माघ, काठमाडौं। पूर्व नेतृ रहबर अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि सोमबार जनकपुरमा आयोजित सभामा मधेशको विकास र सम्भावित नेतृत्वबारे स्पष्ट संदेश दिएका छन्।
सभामा सम्बोधन गर्दै अन्सारीले भने, “हिजो धेरै भाषण गरिए, तर मधेशी जनताको सपना जमिनमुनि गाडिएको छ। अब इमानदार नेतृत्व र निष्ठापूर्वक प्रयासले ती सपना निकालेर ज्वालामुखीझैं मधेशबाट देशको विकासको विगुल फुक्नेछ।”
उनीले रास्वपाका सभापति रवि लामिछानेको त्याग र वरिष्ठ नेता बालेन शाहको क्षमताको मधेशी भूमिले अनुमोदन गरेको पनि बताए।
अन्सारीले थपे, “रास्वपा शान्तिले चिनिन्छ, निलो रङले चिनिन्छ। आज मधेशी भूमिमा मधेशको छोरा देशको नेतृत्वको केन्द्रमा देख्न चाहन्छ। मधेशले दुख चिनेको छ, संघर्ष चिनेको छ र परिवर्तनको शक्ति बुझेको छ।”
विशेषज्ञहरूका अनुसार, अन्सारीको रास्वपामा प्रवेशले पार्टीको मधेशी मत प्रभाव र क्षेत्रीय नेतृत्वलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।