Logo

५ माघ,वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लाका तीन निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। पार्टीले २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै सिफारिस नामावलीअनुसार उम्मेदवार चयन गरेको हो।

यसपटक जसपा नेपालले पुराना अनुहारहरू परिवर्तन गर्दै नयाँ उम्मेदवारलाई अगाडि सारेको छ। पर्सा–१ बाट रामनरेश यादवलाई प्रतिनिधि सभाको उम्मेदवार बनाइएको छ। यादव यसअघि पर्सा–२ (क) बाट प्रदेश सभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका छन्।

पर्सा–२ बाट उद्योगी अशोक टेमानी पहिलोपटक प्रत्यक्ष राजनीतिक प्रतिस्पर्धामा उम्मेदवार बनेका छन्। क्षेत्र–४ बाट भने कृपासिन्धु चौधरीलाई टिकट दिइएको छ।

पर्सा–३ को उम्मेदवार भोलि टुंगो लगाइने पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवले जानकारी दिएका छन्।

विश्लेषकका अनुसार, अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा जसपा नेपालले पर्साबाट केवल एक सिट मात्र जितेको थियो। यसपटक नयाँ अनुहार र संगठन सुदृढीकरणमार्फत पार्टीले नतिजा सुधार गर्ने लक्ष्य लिएको छ।


सम्बन्धित समाचार