Logo

५ माघ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सोबिता गौतमले सोमबार जनकपुरमा आयोजित सभामा देशको भाग्य परिवर्तन मधेशबाटै हुनुपर्ने बताएकी छन्।

सभालाई सम्बोधन गर्दै गौतमले आगामी निर्वाचनबाट मधेशका छोरा बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा हेर्न चाहिएको बताइन्। उनले भनिन्, “हामी परिवर्तनको उद्घोष लिएर देशव्यापी रूपमा हिँडेका छौं। इतिहास बोकेको ठाउँ हो मधेश, आज मधेशले वाचा गर्नैपर्छ, यो देशले भाग्य परिवर्तन गर्नैपर्छ।”

गौतमले पार्टी सभापति रवि लामिछानेको १५ वर्षअघि मधेशका फाँटमा गएर देशका समस्याहरू उजागर गर्ने प्रयासको स्मरण पनि गरिन्।

उनले थपिन्, “आज बोलन शाहको पार्टीमा प्रवेशसँगै पार्टीले पूर्णता पाएको महसुस गरें। बालेन्द्र शाहज्यू जन्म र राजनीतिक हिसाबले मधेश र काठमाडौं दुवैको प्रतिनिधित्व गर्दै यस पार्टीमा उभिनुभएको छ। यो ऐतिहासिक क्षण हो र म यस मञ्चमा उभिँदा मेरो देश पूर्ण भएको महसुस गरेको छु।”

सोबिता गौतमले रवि र बालेनको उपस्थितिले देशले आशा देखेको र भविष्यप्रति उत्साह बढेको अनुभव व्यक्त गरिन्।


सम्बन्धित समाचार