Logo

५ माघ, काठमाडौं।मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता तथा धर्म संस्कृति बचाउ अभियान’का अगुवा दुर्गा प्रसाईं सोमबार पोखराबाट पक्राउ परेका छन्। उनीविरुद्ध निर्वाचन आयोगले भ्रामक सूचना फैलाएको आरोपमा कारबाही अघि बढाएको हो।

निर्वाचन आयोगका अनुसार प्रसाईंले भ्रमपूर्ण अभिव्यक्ति दिएको र आयोगको आधिकारिकता सम्बन्धी गलत सूचना सार्वजनिक गरेपछि साइबर ब्युरोलाई आवश्यक कारबाहीका लागि निर्देशन दिइएको थियो। शनिवार पत्रकार सम्मेलनमा प्रसाईंले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेससँग सम्बन्धित विवादित भिडिओ सार्वजनिक गरेका थिए।

भिडिओका आधारमा विभिन्न सामाजिक सञ्जालमा भ्रामक सामग्री फैलिएपछि आयोगले कानुनी कदम चाल्न बाध्य भएको थियो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, “संस्थाको गरिमामा आँच पुर्‍याउने गरी गलत सूचना प्रवाह गरिएको भन्दै कारबाही आवश्यक भएको हो।”

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले भने कि आयोगको पत्र आएपछि प्रसाईंको खोजी गरी पक्राउ गरिएको हो। अहिले उनीविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढिरहेको छ।


सम्बन्धित समाचार