Logo

२० माघ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले साइबर ब्युरो र निर्वाचन आयोगमा निवेदन दिएको छ। पार्टीले भ्रम सिर्जना गर्ने तथा जातीय सद्भावमा प्रतिकूल असर पार्ने गतिविधि भएको भन्दै आवश्यक कारबाही माग गरेको हो।

राप्रपा महामन्त्री राजेन्द्र गुरूङका अनुसार, पार्टीले साइबर ब्युरोमा दिएको निवेदनमा केही फेसबुक आइडीहरूबाट अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध भ्रम फैलाउने पोस्टहरू गरिएको उल्लेख गरिएको छ। उनीहरूले भनेका छन्, “नेपाल मधेस, दलित भ्वाइसेस, नन्दु बिसी, लोकेन्द्र विसी” नामक फेसबुक आइडीहरूमा अध्यक्ष लिङ्देनको फोटो र गाईको तस्बिर प्रयोग गरेर भ्रम सिर्जना गरिएको छ।

त्यस्तै, राप्रपाले निर्वाचन आयोगलाई पनि निवेदन दर्ता गरेको छ। पार्टीले आरोप लगाएको छ कि नेपाली टाइम्सले रूपन्देही–२, झापा र अन्य क्षेत्रमा एमाले र राप्रपाबीच समझदारी भएको प्रचार गरेको छ, जुन भ्रामक भएको भन्दै निर्वाचन आयोगमार्फत आचारसंहिताअनुसार कारबाहीको माग गरेको छ।

राप्रपाले भनेको छ कि यस्तो गतिविधि राजनीतिक रुपमा गलत दिशा प्रदान गर्ने भएकाले सम्बन्धित निकायले छिट्टै कारबाही गर्नु आवश्यक छ।


सम्बन्धित समाचार