Logo

२० माघ,वीरगञ्ज । बाराको निजगढ नगरपालिकाले भोलि माघ २१ गते स्थानीय सार्वजनिक बिदा दिएको छ।

निजगढ नगरकार्यपालिकाको माघ १४ गते बसेको बैठकको निर्णयअनुसार माघ २१ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव–२०८२ को उद्घाटन समारोहका अवसरमा उक्त दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद गौतमका अनुसार बिदाको दिन निजगढ नगरपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू तथा शैक्षिक संस्थाहरू बन्द रहनेछन्।

नगरपालिकाले धार्मिक तथा सांस्कृतिक कार्यक्रमको सम्मानस्वरूप स्थानीय बिदा दिइएको जनाएको छ।


सम्बन्धित समाचार