२० माघ,वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातेको छ। निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारहरू मतदाता भेटघाट तथा घरदैलो अभियानमा सक्रिय देखिएका छन्।
यही क्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमिताभ बच्चन दासले मंगलबार पर्सागढी नगरपालिका वडा नम्बर १ र २ अन्तर्गत पशुपति नगर, बसबरिया, गुलरिया, कटानी, छतिवनटारी र शान्तिनगर क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा उम्मेदवार दासले स्वदेशमै रोजगारी सिर्जना, पर्सालाई कृषि हबको रूपमा विकास गर्ने, निःशुल्क प्राविधिक शिक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका क्रममा स्थानीय मतदाताले उम्मेदवार दासको एजेन्डाप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै चुनाव चिन्ह ‘आँखा’ छापमा मतदान गरी विजयी गराउन आग्रह गरेका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीले पर्सा–२ मा विकास, रोजगारी र सामाजिक सेवालाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाइरहेको दासले बताए ।
















