Logo

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

२१ माघ, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापाले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चीनविरोधी तत्वहरूलाई संरक्षण र सम्मान गरिरहेको गम्भीर आरोप लगाउनुभएको छ ।

बुधबार राजधानीमा आयोजित पार्टीको नियमित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले सरकारको कुटनीतिक कदमले उत्तरी छिमेकीसँगको सम्बन्धमा दरार ल्याउन खोजेको टिप्पणी गर्नुभयो । थापाले दलाई लामाका प्रतिनिधि नेपाल आउँदा विमानस्थलदेखि नै राजकीय सम्मानका साथ स्वागत गरिएको दाबी गर्दै सरकारले खुलेआम चीनविरोधी गतिविधिलाई प्रश्रय दिएको बताउनुभयो । उहाँका अनुसार, यस्ता गतिविधिप्रति चीनले कडा आपत्ति जनाउँदै नेपाल सरकारलाई स्पष्ट चेतावनी समेत दिएको छ। ‘चीनले दुई वटा विकल्प दिएको छ— या त चीनविरोधी व्यक्तिहरूलाई देशबाट निष्कासन गर्नुपर्‍यो, नभए यसबाट उत्पन्न हुने परिणाम भोग्न तयार हुनुपर्यो,’ थापाले सम्मेलनमा भन्नुभयो ।

यसैगरी, उपाध्यक्ष थापाले गत भदौ २३ र २४ गते भएको ‘जेन–जी विद्रोह’ लाई क्रान्ति नभई ‘प्रायोजित प्रतिगमन र प्रतिक्रान्ति’ को संज्ञा दिनुभएको छ । उक्त घटना असंवैधानिक भएको जिकिर गर्दै उहाँले क्रान्तिको आवरणमा मुलुकमा अस्थिरता सिर्जना गर्ने षड्यन्त्र रचिएको बताउनुभयो। त्यो कुनै जनविद्रोह नभएर सुनियोजित रूपमा गरिएको असंवैधानिक कदम भएको उहाँको दाबी थियो ।


सम्बन्धित समाचार