Logo

२२ माघ,काठमाडौं । खुट्टामा संक्रमण भएपछि केही समय आराम गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिहीबार चितवन पुगेका छन्।

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित विभिन्न कार्यक्रमका लागि लामिछाने चितवन पुगेका हुन्। भरतपुर विमानस्थलमा पुग्दा उनलाई रास्वपाका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले स्वागत गरेका थिए।

चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका लामिछानेले निर्वाचन केन्द्रित कार्यक्रमअन्तर्गत मतदातासँग अन्तर्क्रिया गर्ने तथा घरदैलो कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन जिल्लामा प्रत्यक्षतर्फ क्षेत्र नम्बर–१ बाट हरि ढकाल, क्षेत्र नम्बर–२ बाट रवि लामिछाने र क्षेत्र नम्बर–३ बाट सोविता गौतमलाई उम्मेदवार बनाएको छ।


सम्बन्धित समाचार