Logo

२५ चैत,वीरगञ्ज । नेपाल भोजपुरी समाजले वीरगञ्जको भिस्वा भोजपुरी चित्रकला अभियान सुरु गरेको छ । समाजका सह सचिव अजमत अलि अंसारीको सक्रियतामा अभियान सरु भएको र निशुल्क रुपमा बिध्यार्थीहरुलाई सामेल गरिएको सचिव राजेन्द्र सिंहले जनाएका छन ।

भोजपुरी चित्रकला अभियानमा समाजिक अभियनता अनिशकात कुश्वाहा, संचारकर्मी दिनेश मिश्र तथा शिक्षक रमेश चौहानको सहभागीता रहेको थियो । अभियान हरेका शनिबार जारी रहने छ ।शनिबार भएको भोजपुरी चित्रकला प्रशिक्षण कार्यक्रममा बिध्यार्थीहरुले निकै उत्साहजनकरुपमा सहभागीता जनाएका थिए ।


सम्बन्धित समाचार