Logo

प्रतिनिधिसभा निर्वाचनको सरगर्मीसँगै फागुन २१ को मिति नजिकिँदै गर्दा ‘हेभिवेट’ उम्मेदवारहरूको दौडधुपले देशभरि नै चुनावी माहोल तताएको छ ।

एमालेको गढ मानिने झापा क्षेत्र नम्बर ५ मा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी मैदानमा उत्रिएपछि यो क्षेत्र ुइलेक्सन इपिसेन्टर बनेको छ । यही क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्यान्ह हवाई मार्गबाट आफ्नो निर्वाचन क्षेत्रतर्फ प्रस्थान गर्नुभएको छ । झापा–५ को दमक, कमल र गौरीगन्ज क्षेत्रमा हुने घरदैलो र चुनावी सभालाई सम्बोधन गर्न ओली त्यसतर्फ लाग्नुभएको हो । लामो बिरासत बोकेका ओलीका लागि यसपटक बालेनको चुनौती प्रतिष्ठाको विषय बनेको छ ।

ओली झापामा मतदाता फकाउन व्यस्त रहँदा उनका प्रतिस्पर्धी एवं रास्वपाका प्रधानमन्त्री उम्मेदवार बालेन शाह भने शुक्रबार नै दोलखा पुग्नुभएको छ। झापामा डेरा जमाएर चुनावी अभियान सुरु गरिसकेका बालेन अन्य जिल्लाहरूमा पार्टीका उम्मेदवारको मनोबल उच्च बनाउन र देशव्यापी चुनावी माहोल सिर्जना गर्न रामेछाप हुँदै दोलखा पुग्नुभएको हो ।
दुवै शीर्ष नेताहरूको यो फरक–फरक भूगोलको दौडधुपले फागुनको निर्वाचन कसको पक्षमा जान्छ भन्ने कौतूहल झन् बढाएको छ।


सम्बन्धित समाचार