Logo

२३ माघ,वीरगञ्ज । पर्सा क्षेत्र नम्बर–३, बहुदरमाई नगरपालिका–छपकैयामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को नगरस्तरीय भेला सम्पन्न भएको छ। पार्टीका युवा उम्मेदवार छोटेलाल यादवको उपस्थितिमा भएको भेलामा स्थानीय नेता, कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

भेलामा यादवले आफ्नो उम्मेदवारीको उद्देश्य सार्वजनिक गर्दै भने, “म नयाँ सोच र युवा शक्तिको परिचालनमार्फत वैदेशिक पलायन रोक्न र स्वदेशमै रोजगारी सिर्जना गर्न चाहन्छु। म कुनै व्यापारी घरानाबाट होइन, गाउँ–घरमै हुर्किएको किसानको छोरा हुँ। त्यसैले तपाईंहरूको समस्या नजिकबाट बुझ्छु र समाधानका लागि सक्दो प्रयास गर्नेछु।”

यादवले भदौ २३ र २४ को जेएन–जे आन्दोलनपछि उत्पन्न देशको राजनीतिक संकटको पनि चर्चा गर्दै, त्यस पार गर्नको एक मात्र उपाय लोकतान्त्रिक निर्वाचन रहेको बताए। उनले अन्य दलहरूले निर्वाचन नगर्नुपर्ने तर्क गरे पनि आफ्नो पार्टीले चुनाव अनिवार्य रूपमा अघि बढाउनुपर्ने अडान लिएको स्पष्ट पारे।

कार्यक्रमका सहभागीहरूले यादवको युवामुखी दृष्टिकोण र विकास केन्द्रित सोचप्रति उत्साह व्यक्त गर्दै आगामी निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।


सम्बन्धित समाचार