Logo

 २४ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेताहरूले बोलेको कुरा समयमै पूरा नगरे जनताले सजाय दिनुपर्ने बताएका छन्।

चितवनस्थित पोखरा बसको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा लामिछानेले नेताहरूले प्रतिबद्धता पूरा नगरी हाँसेर हिँड्न नपाउने स्पष्ट पारेका हुन्। उनले भने, “भनेको कुरा पूरा नगर्दा, भाका पूरा नगर्दा जनताले अन्य क्षेत्रमा सजाए पाउने। नेताले बोल्दो–हिड्दो सकियो, पूरा नगरी यतिकै हासेर हिड्न पाइँदैन।”

आगामी निर्वाचनलाई लक्षित गर्दै लामिछानेले यसपटक रास्वपा पार्टीले नागरिकसँग प्रत्यक्ष करार गरेर अघि बढ्ने योजना रहेको जानकारी दिए। उनले देशका विभिन्न भागमा पुग्ने जिम्मेवारी भएकाले चितवन क्षेत्र नं. २ को चुनावी अभियानमा नागरिकलाई आफ्नो प्रतिनिधि बनेर काम गर्न आग्रह गरे।

उहाँले भने, “यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ। तपाईंहरू मेरो प्रतिनिधि भएर वरपरका घर–घरमा पुगिदिनुहोस्, त्यसले मलाई देशका दुर्गम ठाउँमा पुग्ने अवसर दिन्छ।”

लामिछानेले रास्वपाले कम्तीमा एकल बहुमतको सरकार गठन गर्ने लक्ष्य राखेको र पाँच वर्षको स्थिर सरकार देशलाई आवश्यक रहेको बताए। उनले थपे, “५ वर्षको स्थायी सरकारमा कामले बोल्छ, हामीले बोल्न पर्दैन।”

उनले मतदातासँग अन्य कुनै माग नरहेको भन्दै आफ्नो विवेक र विचारको जिम्मा स्वयं नागरिकलाई सुम्पिएको पनि बताए। “यसका लागि हामी तपाईका विवेकलाई जिम्मा लगाउँदै छौं। तपाईको विचारलाई जिम्मा लगाउँदै छौं।”


सम्बन्धित समाचार