२४ माघ,वीरगञ्ज । यस वर्ष बारा जिल्ला निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य पदको लागि कडा त्रीपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा), नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच मुख्य भिडन्त केन्द्रित हुँदै गएको आम मतदाता बुझाइ रहेको छ।
आजपा पार्टीबाट विजय यादव, नेकपा एमालेबाट अच्युत मैलानी र नेपाली कांग्रेसबाट सम्भु बहादुर बुढाथोकी चुनावी मैदानमा उत्रिएका छन्। तीनै उम्मेदवार क्षेत्रीय रूपमा परिचित र प्रभावशाली भएकाले बारा–१ को निर्वाचन अत्यन्तै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।
चुनावी अभियान तीव्र बन्दै जाँदा उम्मेदवारहरू घरदैलो, जनसम्पर्क र संगठन विस्तारमा सक्रिय देखिएका छन्। मतदाताबीच विकास निर्माण, कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा, सडक तथा सिंचाइजस्ता विषय प्रमुख एजेन्डा बनेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार बारा–१ मा कुनै पनि दललाई सहज जित सुनिश्चित नभएको र अन्तिम समयसम्म मत परिणाम अनिश्चित रहने सम्भावना उच्च छ। त्रीपक्षीय प्रतिस्पर्धाले मत विभाजन हुने र अन्तिम नतिजा निकै रोचक हुने अनुमान गरिएको छ।
स्थानीय मतदाताले यस पटक उम्मेदवारको विगतको कार्यसम्पादन, पार्टी नीति, विकास प्रतिबद्धता र जनतासँगको सम्बन्धलाई आधार बनाएर मतदान गर्ने तयारी गरिरहेका छन्।
















