२४ माघ,वीरगञ्ज । फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मुलुकभर राजनीतिक गतिविधि चुलिँदै गएको छ। यसै सन्दर्भमा पर्सा क्षेत्र नं. १ मा पनि उम्मेदवारहरू जनतामाझ पुग्ने क्रम तीव्र बनेको छ।
नेपाली कम्युनिस्ट पार्टीले Gen-Z पुस्तालाई आफ्नो मुख्य आधार मानेर अघि बढिरहेको जनाएको छ। पार्टीका अनुसार युवापुस्ताको आवाज, अवसर र भविष्य सुनिश्चित गर्नु पार्टीको दीर्घकालीन प्रतिबद्धता हो।
पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजय चौरसियाले नेतृत्वमा पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन्। उनले भने, “पारदर्शिता बिना शक्ति खतरनाक हुन्छ, त्यसैले मेरो पहिलो प्रतिबद्धता—जवाफदेही नेतृत्व।”
चुनावी अभियानका क्रममा युवामैत्री नीति, उत्तरदायी शासन र विश्वासिलो नेतृत्वको एजेन्डा अघि सार्दै चौरसिया मतदातामाझ पुगिरहेका छन्।
















