२५ माघ,काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत जारी खेलमा नेपालले इंग्ल्याण्डको दोस्रो विकेट लिन सफल भएको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा जारी खेलमा नेपालले टस हारेर पहिले फिल्डिङ गरिरहेको छ।
खेलको चौथो ओभरको तेस्रो बलमा नन्दन यादवले इंग्ल्याण्डका विस्फोटक ब्याट्सम्यान जोस बटलरलाई आउट गरेका हुन्। बटलर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भए। आउट हुनुअघि उनले १७ बलमा २६ रन बनाए।
नेपालले सुरुआती ओभरहरूमा कसीएको बलिङ प्रदर्शन गर्दै इंग्ल्याण्डमाथि दबाब सिर्जना गरेको छ।
नेपालको प्लेइङ–११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने रहेका छन्।
त्यसैगरी इंग्ल्याण्डको प्लेइङ–११ मा फिल साल्ट, जोस बटलर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक, विल ज्याक्स, साम करान, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर र लुक वुड रहेका छन्।
यस विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ। नेपालको समूहमा इंग्ल्याण्डसँगै वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड रहेका छन्।
















