२६ माघ,वीरगञ्ज । नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै मधेस प्रदेशमा मिडिया डेक्स तथा चुनाव प्रचार प्रसार समिति गठन गरेको छ। कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवले उक्त समितिको सदस्यमा महमद साहबुदिनलाई मनोनित गरेका छन्।
साहबुदिन पर्सा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति पनि हुन्। समितिको संयोजकमा नितेश कुमार गुप्ता रहेका छन्।
कांग्रेसले मधेस प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारलाई जिताउन यो प्रदेश स्तरीय समिति गठन गरेको हो। समितिले चुनाव प्रचार प्रसार, मिडिया व्यवस्थापन र पार्टी कार्यक्रमको समन्वय गर्ने जिम्मेवारी पाउने बताइएको छ।
यससँगै, कांग्रेस मधेस प्रदेशले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रणनीति तयार पार्दै प्रचार प्रसारलाई बलियो बनाउने तयारी सुरु गरेको छ।
















