Logo

२६ माघ,काठमाडौं ।राष्ट्रिय सभाले सरकारबाट प्रस्तावित सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको छ।

सभाको सोमबार बसेको बैठकमा सभाका अध्यक्ष नारायण दाहालले निर्णय प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरेका थिए।

विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन’ पेस गरेका थिए। समितिमा ३५ सांसदले १५५ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए।

सभापति दाहालले जानकारी दिएका छन् कि विधेयकमाथि सूचना तथा सञ्चार प्रविधि मन्त्री, मन्त्रालयका सचिव र सरोकारवालासँग विभिन्न चरणमा अनौपचारिक छलफल भएको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत माघ २० गते उक्त विधेयक फिर्ता माग्ने निर्णय गरेको थियो।


सम्बन्धित समाचार